Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बढ्यो सुन–चाँदीको मूल्य


3.8k
Shares

Gold price hike nepal

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला दुई सय रुपैयाँले नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै, सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ कारोबार भइरहेको थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।