
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउन माग गर्नु भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले अभिव्यक्ति दिएको बताउनु भयो ।
सांसद सुवालले कूटनीतिक मर्यादाबाहिर गएर राजदूत शर्माले नेपालमा कहाँ चीन छ र जताजतै भारत नै भारत देख्छु भन्नु गलत भएको उल्लेख गर्नुभयो । उहाँले यसरी कुटनीतिक मर्यादा बिपरित गएर बोल्ने राजदूत शर्मालाई सरकारले फिर्ता बोलाउन माग गर्नुभयो ।
त्यसैगरी राजदूत शर्माले नेपालको भूमि समेत समेटेर भारतले अखण्ड भारतको नक्सा बनाउँदा नेपाललाई केही फरक पर्दैन भनेर दिएको अभिब्यक्तिप्रति सांसद सुवालले आपत्ति जनाउनु भयो । राजदूत शर्माको भनाई असंलग्न परराष्ट्र नीति बिपरित भएको पनि सांसद सुवालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्