२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


पूर्वाधारमा अबौंको क्षति

पूर्वी पहाडी ४ जिल्लामा बाढीपहिराेकाे वितण्ड

1.066k
Shares

विराजनगर । पूर्वी पाहाडका चार जिल्लामा भीषण वर्षापछि आएको बाढि र पहिरोका कारण ठुलो धनजनको क्षति भएको छ ।

शनिबार रातीको बाढी र पहिरोमा परेर ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा गरी २८ जना बेपत्ता भएका छन् ।

हालसम्म दुई जनाको शव भेटिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराजनगर डीआईजी राजेश बास्तोलाा अनुसार संखुवासभाको हेवाखोलामा आएको बाढीले सात घर बगाएको छ ।

बाढीले सुपर हेवाखोला हाइड्रोपावर काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएका छन् । १९ जना बेपत्ता भएकोमा तीन जना सम्पर्कमा आएका छन् । त्यस्तै, संखुवासभाकै मकालु गाउँपालिकामा तीनजना बेपत्ता भएको उनले बताए ।

एक जनाको शव भेटिएको छ । उनी अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुर हुन सक्ने प्रहरीको अनुमान छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।