Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


बजेटमा स्थानीय तहका अधिकार कटौति गरे सह्य हुँदैन : अध्यक्ष ढुंगाना


143
Shares

काठमाडौं । नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले सांसदहरुले संसदमा स्थानीय तहका अधिकार कटौति गरेको बारेमा आवाज उठाउन नसकेको बताउनुभएको छ ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बजेट स्थानीय तहहरुमा कसरी विनियोजन गर्ने भन्नेमा सांसदहरुले साथ दिन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ढुंगानाले स्थानीय तहका अधिकारका बारेमा संसदमा आवाज उठाए र स्थानीय तहको बजेटका बारेमा सांसदहरुले बोले आफूहरु सडकमा आवाज उठाउन तयार रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई दिएको बजेट र अधिकार कटौतीको बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गर्ने र स्थानीय तहका अधिकार केन्द्रबाट नियन्त्रणमा लिए सह्य नहुने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सरकारलाई नीतिगत रुपमा चलाउन सांसदहरुले पनि नीतिगत हिसावका कुरा उठाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सशर्त अनुदान कसरी दिइएको हो भन्ने कुरा आफूले बुझ्न नसकेको बताउनुभयो । उहाँले सशर्त अनुदामा सांसदहरुकै संलग्नता त भेटिँदैन भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष पौडेलले सशर्त अनुदान प्रदेश र स्थानीय तहले समेत सिको गर्दै गएको भन्दै दुखेसो गर्नुभयो ।