Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पार्ले एग्रोको नयाँ पेय पदार्थ ‘बी फिज’ नेपाली बजारमा


416
Shares

काठमाडौं । पहिलो पटक नेपालमा माल्टको स्वादमा चिसो पेय पदार्थ भित्रिएको छ ।

भारतको सबैभन्दा ठूलो दाबी गरिएको पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय बि फिज नेपाली बजारमा ल्याएको हो ।

स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायी दाबी गरिएको यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक ल्याइएको जनाइएको छ ।

बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । यही वर्ष नेपालमा एप्पि फिज ल्याएको पार्ले एग्रोले अहिले बी फिज ल्याएको हो ।

यसले कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति नै ल्याउने कम्पनीको विश्वास छ । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमान्चक स्वादमा प्रस्तुत भएको कम्पनीको भनाइ छ ।

पार्ले एग्रोले नेपालमा बि फिज वितरण गर्न विशाल समूहको साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्दै छ ।