Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


वरिष्ठ प्रहरी उपरीक्षक पाल निलम्बित


3.6k
Shares

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा आज गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई निलम्बिन गरिएको हो ।नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले १९ जेठमा महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । तिनै महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी पालको गल्ती देखिएसँगै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी मुख्यालयमा तानिएको थियो । घटना छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले समिति बनाएको थियो । उक्त समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो ।