
दाङ । दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा ९ जना सख्त घाइते भएका छन् । आज बिहान तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप राप्ती लोक मार्गको सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चालकको नाम खुल्न सकेको छैन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परी गम्भीर घाईते भएका ९ जना मध्ये ६ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा रोल्पाको गंगादेव गाउँपालिका – १ का बलबहादुर वली, सल्यान छत्रेश्वरी गाउँपालिकाकी गीता बिक, उनका छोरा पवन बिक, छोरी स्नेहा बिक, तुलसीपुर –१५ का खुशीराम चौधरी रहेका छन् । यस्तै गंगादेब गाउँपालिककी रिता डाँगी, सोही ठाउँका दुलबहादुर ओली र भारत पश्भिम बंगाल कलकत्ताका सद्दाम हुसेन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्