Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


भ्याटले तरकारी र फलफूल आयात घट्यो


19k
Shares

बिर्तामोड । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि भारतीय बजारबाट नेपालतर्फ तरकारी र फलफूलको आयात घटेको छ ।

सरकारले सार्वजनिक गरेको २०८०/८१ बजेट र आर्थिक एन, २०८० ले तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि पूर्वी नाका काँकरभिट्टाबाट तरकारी र फलफूल आयात कम भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

दैनिक सातदेखि नौ वटा तरकारी तथा फलफूलका मालवाहक सवारीसाधन नेपाल आउने गरेपनि बजेट भाषणपछिका १२ दिनमा तरकारी तथा फलफूलका १० वटा मालवाहक सवारीसाधन मात्रै नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका प्रविधिक साहायक चन्द्रेश्वर ठाकुरले जानकारी दिए ।

पूर्वी नाका काँकरभिट्टाबाट अत्याधिक रुपमा आयात अुने आलु र प्याज बजेट भाषणपछि निकै कम आउने गरेको उनले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।