Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


उमेर हद निलम्बनको प्रतिरक्षामा एमाले नेतृत्व


1.7k
Shares

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन्।

यही जेठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेको हो।

उमेर हदको व्यवस्था निलम्बनप्रति नेता–कार्यकर्ताले असन्तुष्टि प्रकट गरेपछि अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसम्म प्रतिरक्षामा देखिएका छन्। कार्यकर्ताले ‘संगठनमा युवा चाहिने तर नेतृत्वचाहिँ ७० वर्षपछिको हुने’ भन्दै प्रश्न गर्न थालेपछि मूल नेतृत्व प्रतिरक्षामा लागेको हो।

सचिवालयको उक्त निर्णयप्रति स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्य असन्तुष्ट भए पनि उनीहरूले खुलेर समर्थन वा विरोध गर्न सकेका छैनन्। तर, मूल नेतृत्व खुलेरै प्रतिरक्षामा लागेको छ।

विधान अधिवेशन सकिएको दुई वर्ष नपुग्दै एमाले सचिवालय बैठकले ७० वर्ष उमेर हदको व्यवस्था निलम्बन गरेको हो। यो व्यवस्था निलम्बन गरिएपछि एमालेमा ७० वर्ष उमेर काटेका नेताहरू उत्साही देखिएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।