Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


काकाकुल बन्यो मधेस

अनियन्त्रित चुरे दोहनको असर

2.3k
Shares

जनकपुरधाम । सिरहाको धनगढीमाई–१३ भोर्लेनीका ज्ञानेन्द्र राम पानीका लागि छटपटाएको दुई साता बित्यो।

घरछेउमा भएको डिप बोरिङले पानी दिन छाडेपछि उनको छटपटी बढेको हो। चुरे सिरानको यो बस्तीका जनता पहिला पानीका लागि काकाकुल बनेका थिएनन्। हरेक बस्तीमा पानीको स्रोत इनार थियो।

इनारमा प्रशस्त पानी पलाउँथ्यो। ज्ञानेन्द्र भन्छन्, ‘यस भेगमा चुरे र चुरे संरक्षित क्षेत्रमा दोहन बेलगाम बनेपछि पानीको सतह तलतल जान थालेको छ। र, इनारहरू त सुकि नै सके, पछिल्लो समय डिप बोरिङले पनि घरिघरि पानी दिन छोड्छ। यस भेगमा चुरे र संरक्षित क्षेत्रमा दोहनको रफ्तार यस्तै रहे खानेपानी संकट विकराल बन्नेछ।’

धनगढीमाई नगरपालिकाका स्थानीय खानेपानीको चर्को संकट निम्तिनुको मूल कारण अनियन्त्रित चुरे र चुरे संरक्षित क्षेत्रको खोलानदीमा दोहन ठान्छन्।

बस्तीको दक्षिण, पूर्व र उत्तर तिनैतिर जथाभावी खानीजन्य पदार्थ उत्खनन, उत्तरको चुरेमा वन फँडानी, अनियन्त्रित खोलानदी दोहन र चट्टान फोडेर ढुंगा उत्खननका कारण खानेपानीका स्रोतका रूपमा रहेका बस्तीबस्तीका इनार सुकेको स्थानीय डेनक मोक्तान बताउँछन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।