Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


वातावरणप्रति सजगता


65
Shares

काठमाडौं । केही वर्षयता वातावरण हाम्रो दैनिक चासोको विषय बन्न थालेको छ।

अहिले धेरै गर्मी भइरहेको छ, हामी यसको अर्थ खोज्दै छौँ। वर्षा धेरै हुँदा पनि यसैको चासो छ। यो वर्ष पनि सधैँझैँ जुन ५ मा नेपालले पनि विभिन्न कार्यक्रममार्फत विश्व वातावरण दिवस मनाइरहँदा पनि यी विषय उठान भएका छन्। संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्वभर यो दिवस मनाइँदै आइएको छ।

अन्तर्राष्ट्रिय समुदायसँगै नेपालले वातावरणका मुद्दालाई जोडतोडका साथ उठाउन थालेको छ। वातावरणीय संकट तथा संरक्षणको बढ्दो आवश्यकता र चुनौती अहिले राजनीतिक घटनाक्रम भन्दा बढी महत्वका भइसकेका छन्।

विद्यालय, गैरसरकारी संस्था, स्थानीय तथा संघीय सरकारका विभिन्न निकायको यस विषयमा चासो रहन थालेको छ र रहनु पनि पर्छ। यस वर्षको वातावरण दिवसको ध्यान नै प्लास्टिकजन्य प्रदूषणले सिर्जना गरेको भयाबह स्थिति र यसको रोकथाममा केन्द्रित छ।

हामी यतिबेला संसद्को बजेट अधिवेशनमा छौँ। वास्तवमा हाम्रा विकास र कामले यो विषयमा कति ध्यान दिएका छन् विचार गर्नुपर्ने अवस्था छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।