Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


समस्यामाथि समस्या


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी फर्केकै भोलिपल्ट आइतबार प्रतिनिधिसभाको वैठक अवरुद्ध भएको छ।

संसद बैठक अवरुद्ध हुने कारण भने उनकै भ्रमणबाट सिर्जित विषयवस्तु हुन्। पहिलो हो–उनी भ्रमणमा निस्कनु केही घन्टाअगाडि मात्र निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विषय।

तथापि, यसमा सर्वोच्च अदालतले आइतबार नै कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिइसकेको छ। दोस्रो हो–भारत भ्रमणका क्रममा दाहालले बंगलादेशसम्म जान फूलबारीको बाटो पाउन भारतसँग कालापानी, लिम्पियाधुरा, लिपुलेक दिन पनि नेपाल तयार भएको भन्ने धारणा।

मित्र मुलुकको भ्रमण पूरा गरेर ‘उत्साहित’ रहेका प्रधानमन्त्री दाहालले सामना गर्नुपरेको यो विरोध अकारण होइन। यस्तो भ्रमण पूरा गरेर फर्केका प्रधानमन्त्रीले देशभित्र स्याबासी पाउनुपर्ने हो।

दुई देशबीचको सम्बन्ध सुधार भएकामा खुसी व्यक्त गर्ने अवसरका रूपमा संसद्को समय उपयोग हुन पनि पर्ने हो। हाम्रो मुलुकको दुर्भाग्य हो–यस्तो अवस्था कहिल्यै आएको छैन।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।