Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


दाहालको दिल्ली भ्रमणका उपलब्धि


403
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणलाई लिएर विभिन्न कोणबाट समीक्षा भइरहेको छ।

यद्यपि दाहाल आफैँले चाहिँ शनिबार साँझ स्वदेश फर्किएपछि ‘भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रूपमा पूरा भएको’ प्रतिक्रिया दिएका छन्।

त्यति मात्र होइन, दाहालले भ्रमण विगतको भन्दा परिणाममुखी र कामकाजी हुनुका साथै आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको दाबी गरेका छन्।

ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने कुरा गर्नु, पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण, सुक्खा बन्दरगाहलगायत भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता विषयलाई प्रधानमन्त्री दाहालले भ्रमणको उपलब्धिको रूपमा व्याख्या गरेका छन्।

दाहालले भने झैं यी विषय पक्कै पनि उपलब्धिपूर्ण होलान् तर भ्रमणका दौरानमा राम्ररी तयारी गरेको भए योभन्दा धेरै विषयमा उपलब्धि हासिल गर्न सकिन्थ्यो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।