Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


कूटनीतिक कौशलमा कमी


312
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको व्यावसायिकता र संस्थागत क्षमता प्रदर्शन हुन सकेन।

परराष्ट्र मामिलालाई निकटबाट नियालिरहेका व्यक्तिहरूले एकपछि अर्को घटनाबाट नेपालको प्रस्तुति कमजोर रहेको प्रस्ट्याएका छन्। प्रधानमन्त्री दाहालले ६ महिनादेखि भारत भ्रमणमा जाने बताउँदै आए पनि त्यसको तयारीमा राजनीतिक र कूटनीतिक क्षेत्रले तयारी नगरेको अनुभव भएको छ।

भारतीय पक्षले आफूलाई व्यावसायिक कौशलसाथ प्रस्तुत गर्दै नेपालबाट लिनुपर्ने पक्षमा पूर्ण तयारी गरेको देखिएको छ भने नेपालले आफ्नो तर्फबाट प्रस्टसँग राख्नुपर्ने कतिपय विषयलाई वास्ता नगरेको देखिएको छ।

सबैभन्दा आँखामा बिझाउने दृश्य भनेको प्रधानमन्त्री दाहालले भारतीय समकक्षीका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेट्दा खेरिको हो। दाहाल बसेको होटेल मौर्यमा आएर उनले भेट गर्नु सकारात्मक भए पनि डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा देखिएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।