 
	    एजेनन्सी । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।
फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै मस्क नम्बर एक धनाढ्य बनेका हुन् ।
पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा मस्कको नेटवर्थमा पनि वृद्धि भएको हो ।
सो अवधिमा बर्नार्ड आर्नल्टको सम्पत्ति पनि घटेको छ । मे ३१ को आँकडा अनुसार एक महिनामा मस्कको सम्पतिमा २९ अर्ब डलरको बढोत्तरी भएर कुल सम्पति १९२ अर्ब डलर पुगेको छ ।
अर्कोतर्फ आर्नल्टको सम्पति भने ५ दशमलव २५ अर्ब डलर घटेर १८७ अर्ब डलरमा झरेको छ । सन् २०२३ को पाँच महिनामा मस्कको सम्पति ५५ दशमलव ३ अर्ब डलरले बढेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्