Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


शहरी विकासमा ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन


91
Shares

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सोमबार आगामी आर्थिक बर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभएको हो । सरकारले शहरी विकास मन्त्रालय अन्तरर्गत चालु आर्थिक वर्षको भन्दा बजेट बढाएर झण्डै दोब्बर पुर्‍याएको छ ।

अर्थमन्त्री महतले मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताउनु भयो । उहाँले स्थानिय सरकारसँगको समन्वयमा वागमती र विष्णुमती लगायत नदी किनारामा रहेका सुकुम्वासी बसोवास हटाइने बताउनु भयो ।

उहाँले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी वागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोवास हटाइने बताउनु भयो। उहाँले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनु भयो। उहाँले भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको बताउनु भयो ।

उहाँले स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताउनु भयो । उहाँले लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो ।