 
	    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको समुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले समुदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिबीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
उहाँले वन संरक्षणको नाममा स्थानीय समुदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिबी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्क समेत गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्