Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम घोषणा


1.5k
Shares

काठमाडौं । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध पाँच दिने नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

पार्टीका संस्थापक रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलीपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने हामीहरुसँग आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताउनुभयो । आन्दोलनको कार्यक्रम अन्तरगत आजैबाट ३ दिन देशव्यापी रुपमा राँके जुलुश र कोणसभा आयोजना गरिने छ ।

राजनीतिक घटनालाई अपराध करार गर्ने काम गरेकाले त्यसको बिरोधमा जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द आह्वान गर्ने पनि वरिष्ठ उपाध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसको समाधान राजनीतिक रुपमानै हुनुपर्ने जिकीर गर्दै आएको छ ।