Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका बिषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।