Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


गायक पापोन अस्पताल भर्ना


1.3k
Shares

एजेन्सी । भारतीय चर्चित गायक पापोन अस्पताल भर्ना भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पापोनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको हो ।

पापोनलाई के भएको हो भन्ने अहिलेसम्म थाहा नभएको तर, पापोनआफैंले आफ्ना प्रसंशकलाई आफ्नो बारेमा जानकारी दिएका हुन् । गायकले सामाजिक सञ्जाल मार्फत उक्त कुराकाे जानकारी दिएका हुन् ।

केही समयअघि मात्र पापोन नेपाल पनि आएका थिए । उनलाई बिहीबार अस्पतालमा भर्ना गरिएको हो । उनले सार्वजनिक गरेको तस्वीरमा छोराले उनको हेरचाहको लागि उपस्थित भएको देखिन्छ ।

पापोनले उक्त तस्वीरमा लेखेका छन्, ‘हामी सबै जीवनको हरेक सानो युद्ध एक्लै लड्छौँ। मलाई व्यक्तिगत दिनचर्याका कुराहरू सामाजिक सञ्जालमा पोस्ट गर्न मन लाग्दैन, तर हिजोको रात फरक थियो। मेरो १३ वर्षको सानो छोराले अस्पतालमा मसँग रात बिताएको यो पहिलो पटक थियो । यो एक भावनात्मक क्षण हो र त्यसैले म यसलाई मेरा साथीहरू र प्रशंसकहरूसँग साझा गर्न चाहन्छु।’

पापोनले सामाजिक सञ्जालको उक्त पोस्टमा आफ्नो रोगबारे कुनै जानकारी दिएका छैनन् ।