Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


सुडान द्धन्द्ध अन्त्यका लागि वार्ता


221
Shares

एजेन्सी । साउदी अरबको मध्यस्थतामा सुडानमा द्वन्द्वरत पक्षबीच पहिलो प्रत्यक्ष वार्ता हुने भएको छ । सुडानको सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच जेद्दाहमा हुन लागेको वार्ताको अमेरिका र साउदी अरबको संयुक्त वक्तव्यले स्वागत गरेको छ । मानवीय सङ्कटसम्बन्धी विषयलाई सम्बोधन गर्नेतर्फ वार्ता लक्षित रहने सुडानको सेनाले जनाएको छ ।

वार्ताबारे आरएसएफले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । गम्भीर मानवीय सङ्कटबीच संयुक्त राष्ट्रसङ्घ र सहायता निकायहरूले वार्ताका लागि दबाव दिइरहँदा जेद्दाहमा संवादमा संलग्न हुन आफ्ना दूतहरू पठाएको सेनाले पुष्टि गरेको छ। करिब तीन सातायता जारी भीषण लडाइँका कारण सयौँ मानिस मारिएका छन् भने झन्डै साढे चार लाख नागरिक विस्थापित भएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्ठन आईओएमका अनुसार कुल एक लाख १५ हजार मानिसले छिमेकी देशहरूमा शरण मागेका छन् । सुडानका सैनिक कमाण्डर जनरल फत्ताह अल–बुर्हान र आरएसएफका जेनरल मोहम्मद हमदान दगालोबी सत्ताका कडा सङ्घर्ष चलिरहेको छ । द्वन्द्वरत पक्षलाई युद्धविराम गराउने र द्वन्द्व अन्त्य गराउने दिशामा वार्ता गर्न अमेरिका र साउदी अरबले आग्रह गरेका छन् ।