Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


वीर अस्पतालको छतको पर्खाल खस्याे, चार जना घाइते


169
Shares

काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् ।

आइतबार दिउँसो भएको उक्त घटनामा परी उनीहरु घाइते भएका हुन् ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।