
काठमाडौं । पछिल्लो पाँच वर्षमा बहुमूल्य पहेंलो धातु सुनको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । पाँच वर्षअघि २०७५ को वर्षभरी प्रतितोला सुन मूल्य ४८ देखि ५४ हजारबीचमा कारोबार भएको थियो ।
२०७९ को अन्तिममा मूल्य बढेर एक लाख १० हजार २ सय पुगेको छ । यो पाँच वर्षमा दोब्बरभन्दा पनि बढी मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले राखेको तथ्यांक हेर्दा पछिल्लो पाँच वर्षमा सुनको भाउमा निक्कै उतारचढाव आएको देखिन्छ ।
सुनको मूल्य प्रत्येक दिन र महिनामा फरक पर्छ । तर, वार्षिक रूपमा तथ्यांक हेर्दा २०७५ पछिका पाँच वर्षमा प्रत्येक वर्ष ६ देखि २० हजार रूपैयाँ प्रतितोला बढेको देखिन्छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्