४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


राज्यकोषको दुरुपयोग : पूर्व लडाकुलाई ८० करोड


2.678k
Shares

काठमाडौं । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई ८० करोड रुपियाँ बाँड्ने तयारी गरेको छ । करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले ८० करोड बाँड्न लागिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपियाँका दरले दिनेसम्बन्धी कार्यविधि तयार पारेको मन्त्रालय स्रोतले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं उपसचिव दिलकुमार तामाङले मन्त्रिपरिषद्को बैठकबाट कार्यविधि बनाएर प्रतिव्यक्ति दुई लाख दिने निर्णय भएअनुसार मन्त्रालयले कार्यविधि बनाएको बताउनुभयो ।

गत चैत ६ गते मन्त्रिरिषद्ले कार्यविधि बनाउने निर्णय गरेको र सोहीअनुसार कार्यविधि जारी गर्न अर्थ मन्त्रालयले सहमति दिएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।