
काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादवले निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी हुनुभयो भने कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो ।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २ सय १६ मत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनुभएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्