
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दुर्लभ भएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री दाहालको संसदमा अनुहार हेर्न पनि दूर्लभ भएको बताउनुभएको हो ।
उहाँले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना समेत गर्नुभयो । सांसदहरुले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
सांसद पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी होस भन्ने आफूहरुले चाहेको पनि बताउनुभयो । भारतसँगको सम्बन्ध नेपालको लागि महत्वपूर्ण हुने उल्लेख गदै उहाँले प्रधानमन्त्री दाहालको सो भ्रमण सफल रहोस भनि कामना समेत गर्नुभयो ।
सांसद पन्तले भारतसँगको नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्नेमा पनि जोड दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्