Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


702
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।