Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


मागअनुसार उत्पादन नहुँदा कृषिजन्य उत्पादनमा आयातित वस्तुकै वर्चस्व


130
Shares

काठमाडौं । बजारको मागअनुसार उत्पादन नहुँदा कृषिजन्य उत्पादनमा पनि आयातित वस्तुकै वर्चस्व देखिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनदेखि चैत्र सम्ममा तयारी पोषाक मात्रै १ करोड ७४ लाख माथिको आयात भएको छ भने कृषिप्रधान देश भएपनि बजारको माग अनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा आयातित वस्तुमा पनि कृषिजन्य नै रहने गरेका छन् ।

हालसम्म तीन वस्तुमा मात्र मुलुक आत्मनिर्भर छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार अण्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर बनेको हो । तर, विभागकै तथ्यांकअनुसार नेपालमै उत्पादन हुने कफी, चिया, चिया मसला ५३ अर्ब माथिको आयात भएको छ भने यसबाट सरकारलाई १ अर्ब २९ करोड राजस्व उठेको छ ।

त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा ८ करोड माथिको माछा मासु आयात गर्दा ४ करोड राजस्व संकलन भएको छ भने यो अवधिमा माछा र मासुमा मात्रै सरकारलाई ८ करोड बढी घाटा रहेको विभागको भनाइ छ ।

अण्डा, मह र पशुबाट उत्पादित सामान १ अर्ब ९२ करोड बराबरको आयात गरेको छ । आयातित सामानमा सबैभन्दा धेरै खनिज इन्धन आयात हुने गरेको छ । पछिल्लो १० महिनामा मात्रै २ खर्ब ६१ अर्ब माथिको आयात गर्दा सरकारलाई २ खर्ब बराबर घाटा रहेको तथ्यांक भन्सार विभागमा रहेको छ भने यसबाट ८३ अर्ब राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा भने चालु आर्थिक वर्षको ९ महिनामा भने १८ प्रतिशतले व्यापार घाटा कम भएको छ ।