Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


हरियाणा राज्यमा चामल मिल भत्कियो : चार मजदुरको मृत्यु, २० जना घाइते


195
Shares

एजेन्सी । भारतको हरियाणा राज्यको कर्नालमा एउटा धान कुट्ने मिल रहेको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

तीन तले भवन भत्किँदा त्यहाँ सुतिरहेका मजदुरहरुको मृत्यु भएको हो ।

मिलमा १५० कामदार रहेको जनाइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भग्नावशेषमा अन्य कामदार पुरिएको आशंकामा उद्धार कार्य जारी छ ।

भवन निर्माणमा संरचनागत त्रुटि देखिएको भन्दै घटनाको छानबिन गर्न समिति गठन गरिने भएको छ ।

मृतकका परिवारलाई उचित क्षतिपूति दिने घोषणा हरियाणा सरकारले गरेको छ ।