Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


दुध लिएर रकम तिर्न आनाकानी


247
Shares

बुटवल । रुपन्देहीको सैनामैनामा रहेको सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाका किसानहरुले रकम तिर्न आनाकानी गर्ने मिण्ठान भण्डार र डेरी घेराउ गरेका छन् ।

किसानको दूध संकलन गरेर बेच्दै आएको सहकारीले दुध खरिद गरेर रकम तिर्न आनाकानी गरेपछि बुटवलको कस्तुरी मिष्ठान र पाठक दुग्ध डेरीमा घेराउ गर्दै धर्ना दिएका हुन ।

पटक पटक दुधको पैसाको माग गरेपनि कस्तुरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएको सहकारी संस्थाका उपाध्यक्ष टेकनारायण रेग्मीले बताउनु भयो ।

कस्तूरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले कुल २५ लाख ३० हजार ४ सय रकम किसानको दिन बांकी रहेको उहाँले बताउनु भयो ।

कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी रहेको सहकारीले बताएको छ । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले धर्ना दिन बाँध्य भएको किसानहरुले बताएका छन् ।

पाठक डेरीका सञ्चालक नेत्र पाठकले किसानहरूले आफूसँग गरेको सम्झौता उल्लंघन गरेपछि रकम भुक्तानी रोकेको बताउँछन ।