Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


समाजवादी, माओवादी र जसपाकाे माेर्चा बन्ने


5.9k
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने बताउनुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताउनुभएको हो ।

उहाँले मोर्चाले सकारात्मक रुप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताउनु भयो । उहाँले आफूहरु पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अब हामी १०÷१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बिचमा मोर्चा बनाउँदै छौँ । सकारात्मक रुप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।’