Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


राजापुर नगरपालिकाले नगर भित्रका बासिन्दाको प्रोफाइल तयार गर्ने


2.3k
Shares

बर्दिया । राजापुर नगरपालिकाले पालिकाभित्रकाबासिन्दाको प्रोफाइल तयार गर्ने भएको छ । यहाँका बासिन्दाको विस्तृत विवरण संकलन गर्ने उद्देश्यले विस्तृत रेकर्ड आइएलजी प्रोफाइल बनाउन लागिएको हो ।

प्रोफाइलमा नगरपालिकाभित्र बसोवास गर्ने बच्चादेखि वृद्धसम्मका व्यक्तिहरुको आर्थिक, शैक्षिक, स्वास्थ्य, रोजगारिको अवस्था कस्तो छ । बाटोघाटोको पहुँच विद्यालय, क्याम्पस सम्मको दुरी, स्वास्थ्य चौकीसम्मको दुरी, गर्भवती जाँच, बालमृत्यु , जग्गाजमिन आम्दानीको श्रोतहरु लगायतका विषयहरु समेटिने छन् ।

प्रोफाइल निमार्ण गर्न पालिकाले १० वडाका ५४ जना युवा युवतीहरुलाई तालिम दिएको छ । चैत्र २० गते राजापुर नगरपलिका वडा नं ६ का वडा अध्यक्ष असराज न्यौपानेले उद्घाटन गर्नुभएको तालिमको बुधवार समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले आइएलजी प्रोफाइलबाट यहाँका बासिन्दाको सम्पूर्ण अवस्था झल्किने भएकाले आगामी दिनमा सहजहुने बताउँदै यस्तो महान कार्य सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो । तालिमको स्वतन्त्र अनुसन्धानकर्ता भोला कोइरालाले प्रशिक्षण दिनुभएको हो ।