Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


मधुशाला गोलीकाण्डः तीन मारिए, एक जनाको अवस्था गम्भीर


1.5k
Shares

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

शनिबार राति ९ बजेतिर ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएको छ ।

घटनाको छानबिन भइरहेको छ भने यो समाचार तयार पार्दासम्म थप विवरण प्राप्त भएको छैन ।