Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


एसईई परीक्षा भोलिदेखि सुरू हुने


78
Shares

काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ ।

यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईकाे परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएकाे छ।

पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुने भएकाे छ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइ स्तर एउटै भएपनि प्रत्येक प्रदेशमा फरक प्रश्न सोधिने भएकाे छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको समेत बताउनुभयाे । देशभर २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएकाे परीक्षा बोर्डले जनाएकाे छ ।