Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कृषि क्षेत्रको अधिकारलाई हेरेर पशुधन गुरु योजना बनाउन आवश्यक : सचिव शर्मा


26
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयताका आधारमा नेपाल पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार कृषि मन्त्रालयले सुरु गरेको दुई दिने नेपाल पशुधन गुरु योजना छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सचिव शर्माले गुरु योजना बनाउँदा कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको अवस्थामा कृषि र पशुपालन तर्फका विकास र प्रवद्र्धनात्मक गतिविधिहरुका धेरै जिम्मेवारीहरु प्रदेश,स्थानीय तहको मातहतमा गएको बताउनुभयो । सचिव डा.शर्माले संघको जिम्मेवारी भनेको राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय र अन्तरप्रदेश समन्वय गर्ने भएको बताउनुभयो ।

सचिव शर्माले नेपालमा पालन हुने पशुपंक्षीहरु दक्षिणतर्फ उन्मुख भएको भन्दै सबैलाई सम्मान हुने खालको बनाउन नहुने बताउनुभयो । उहाँले गुरु योजना बनाउँदा माछा, मासु, दुध र अण्डा विशेष किसिमका उत्पादन भएको भन्दै यी उत्पादनलाई केन्द्रबिन्दुमा राखेर योजना बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।