Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


डेढ दर्जन बढी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित


65
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका डेढ दर्जन बढी आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित भएको छ।

विद्यार्थी संगठनबीचको विवादका कारण यस्ताे अवस्था सिर्जना भएकाे हाे । त्रिविले आफू अन्तर्गतका सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा यहि चैत ५ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको थियो। विश्वविद्यालय अन्तर्गत ६२ वटा आंगिक र १ हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

४४ वटा आंगिक र सम्बन्धन प्राप्त मध्ये अधिकांश क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेको छ। स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाछ। यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसमा आगामी वैशाख ५ भित्र निर्वाचन गर्नैपर्छ।

निर्वाचन स्थगित भएका मध्ये अधिकांशमा विद्यार्थी भर्नामा अनियमितता भएको दावी गर्दै तालाबन्दी समेत गरिएको छ। उपत्यकाका रत्नराज्य लक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ। नेपाल कमर्स क्याम्पसमा भने शनिबार निर्वाचन हुँदैछ।

पोखरामा रहेकाे पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ। पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज र धाैलागिरी बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको ताला बन्दीका कारण निर्वाचन हुन सकेकाे छैन । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले पनि तालाबन्दी भएका क्याम्पसहमा ताला खुलाउने र निर्वाचन गर्ने बारेमा छलफल भइरहेकाे बताउनुभयाे ।

Skip This