Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


पर्वतमा चितुवा आंतक : घरभित्र पस्यो, नियन्त्रणमा लिने प्रयास


4k
Shares

पर्वत । पर्वतको कुस्मा बजारको भण्डारी टोलमा चितुवाले आंतक मच्चाएको छ ।

बुधबार बिहानै बस्तीमा पसेको चितुवा घरभित्र पसेपछि आतंक मच्चिएको हो ।

तरकारीको टनेलभित्र देखिएको चितुवा गाउँलेहरुका घर भित्र बाहिर गर्न थालेपछि स्थानीय आंतकित भएका हुन् ।

नेपाली कां‌‌ग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा मानिसहरुको भिड जम्मा भएपछि निस्किएर नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको थियो । अहिले उक्त ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ ।

चितुवा नियन्त्रणका लागि पोखरावाट विज्ञहरुको टोली बोलाइएको र उनीहरू पुगेपछि नियन्त्रणमा लिइने डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिनुभयो ।

चितुवाले अधिकृत अधिकारीलाई समेत आक्रमण गरेपछि घुँडामा चोट लागेको छ ।