Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


अनियन्त्रित नदी दोहनले निम्त्याउँदै संकट


143
Shares

काठमाडौं । ‘हेलिकोप्टरबाट हेर्दा चुरे क्षेत्रका खोला सुक्खा देखिन्छन् तर मधेसमा बाढीको उफान किन चल्छ?’ दुई वर्षअघि बाढीले मधेस प्रदेशका जिल्लामा मच्चाएको वितण्डा हवाई अवलोकन गरेपछि तत्कालीन उपप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष राखेको जिज्ञासा हो यो ।

‘जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अत्यधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेका नदी हुँदै मधेस झर्नु’ नै मूल कारण रहेको बताउँदै प्राविधिक विज्ञ टोलीले यादवको जिज्ञासा मेट्ने प्रयास गरेको थियो । विज्ञहरूले यादवलाई सारमा भनेका थिए, ‘चुरेतर्फ सुक्खा तथा मधेसमा डुबानको मूल कारण चुरेको अनियन्त्रित दोहन हो ।’

मधेसमा बाढीको वितण्डा र सुक्खापनको मूल कारण मधेस नभई चुरे पहाड भएको प्रस्ट भए पनि मधेसकेन्द्रित दलका नेताहरूले चुरे दोहन नियन्त्रणको मुद्दालाई गम्भीरताका साथ लिएको पाइँदैन ।

मधेस भई बग्ने नदीहरू दिनदिनै विनाशकारी बन्दै जानुको कारण चुरेमा भइरहेको अत्यधिक दोहन हो भन्ने प्रस्ट भइसक्दा पनि मधेस प्रदेश सरकार गम्भीर देखिँदैन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Skip This