Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


नेपालमा आणविक कानूनको आवश्यकता छः उपसभामुख राना


130
Shares

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताउनुभएको छ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने बताउनुभयाे ।

छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने उहाँकाे भनाइ थियाे। उहाँले नेपाल दुई ठूला देशहरुकोबीचमा रहेकाले आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गर्नुभयो । त्यस्तै उहाँले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताउनुभयो।

उब्जनी नहुने तथा पानीका मुलहरु सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उहाँले बताउनुभयो ।