Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित : अध्यक्ष ओली


767
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाउनुभएको छ ।

विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकीर थियो ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उहाँले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गर्नुभयो ।

अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर दाहाल, नेपालहरुले राजनीतिमा बेईमानी गरेको बताउनुभयो । खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गर्नुभयो ।

निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरुले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उहाँले सोही अनुसारको अघि बढन खेलाडीहरुको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरु नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराउनुभयो । उहाँले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।