Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष ढंगले काम गर्नुभयो : अध्यक्ष ओली


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रुपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ ।

एमालेले राष्ट्रपति निर्वाचनका लागि संघीय तथा प्रदेशका सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले विद्यादेवी भण्डारीले राष्ट्रपतिको अत्यन्त ओजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिकाको राष्ट्रपतिको हैसियतमा निष्पक्ष ढंगले काम गरेको दाबी गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको आलोचना स्वार्थअनुसार काम नभएपछि हुने गरेको उहाँको आरोप छ ।

अध्यक्ष ओलीले वर्तमान राष्ट्रपति भण्डारीले निष्पक्ष र ओजनदार काम गरेको भन्दै प्रसंसा गरिरहँदा राष्ट्रपति भण्डारीको दुई पटक संसद् विघटन गरेको, संसदबाट पारित विधेयक रोकेको लगायतका कामका लागि आलोचना हुने गरेको छ ।