Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


होली मनाउन सुरू भएसँगै उपत्यकामा चेकजाँचमा कडाई


78
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा साेमबार होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

उपत्यकामा साेमबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने र मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ ।

साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न समेत आग्रह गरेको छ ।