Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


चिनियाँ रक्षा बजेटमा ७ प्रतिशतले वृद्धि


104
Shares

एजेन्सी । चीनले यो वर्ष आफ्नो सैन्य बजेट ७ प्रतिशतले वृद्धि गर्ने भएको छ ।

चिनियाँ संसदकाे आइतबारदेखि सुरु भएको अधिवेशनमा प्रधानमन्त्री ली खछ्यिाङले रक्षा बजेट वृद्धि गर्ने घोषणा गर्नु भएको हो । २ खर्ब बढीको वार्षिक रक्षा बजेटलाई बढाएर २ खर्ब २५ अर्ब डलर पुर्याइएको हो ।

तर यो बजेट अमेरिकाको रक्षा बजेट भन्दा ४ गुणा कम हो । पछिल्लो समय चीनले आफ्नो अर्थतन्त्रको विकास बजेटको तुलनामा रक्षा बजेटमा वृद्धि गरिरहेको छ ।

अमेरिकासहित पश्चिमा देशहरुसँगको बढ्दो प्रतिष्पर्धाका कारण चीनले सैन्य खर्च बढाउँदै आएको छ ।