Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


वित्तीय क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन

गृह मन्त्रालयले गर्‍यो सुरक्षा दिन ७७ वटै जिल्लालाई परिपत्र

260
Shares

काठमाडौंं । हाल देशका विभिन्न भागमा भइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथिको दुव्र्यवहारले आफूहरू असुरक्षित भएको बताउँदै आएका बैंक तथा वित्तीय संस्थाले सरकार गुहारेसँगै सरकारले वित्तीय संस्था र सहकारीको सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ ।

शुक्रबार गृह मन्त्रालयले सुरक्षा दिन ७७ वटै जिल्लालाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ ।

पछिल्ला दिनमा बैंक तथा वित्त संस्थाका कर्मचारीमाथि भएको दुव्र्यवहारले यस्ता क्षेत्रमा सुरक्षाको चुनौती थप बढेको गुनासो आएपछि गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो परिपत्र जारी गरेर सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको जनाएको छ ।

यसअघि बिहीबार मात्र पछिल्लो समय केही व्यक्ति तथा समूहबाट बैंक वित्तीय/संस्थाप्रति भइरहेको नकारात्मक टिप्पणी र आन्दोलनप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै बैंकरका विभिन्न चारवटा संस्थाले आपत्ति जनाएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।