३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अवरूद्ध डुम्रे–बेंसी शहर सडकखण्ड सुचारू


91
Shares

काठमाडौं । बिहीबारदेखि अवरुद्ध भएको डुम्रे–बेंसी शहर सडकखण्ड सञ्चालनमा आएको छ ।

बेंसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडाको सुक्खा पहिरा हटाएपछि शुक्रबार बिहानदेखि यातायात सुचारू भएको हो ।

माथिबाट झरेको ढुंगा माटो डोजरले पन्छाएपछि रोकिएका सवारी साधनहरु सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

डुम्रे–बेंसी शहर सडकखण्ड स्थानमा दैनिक जसो सुक्खा पहिराे जाने गरेको छ ।