Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


चलचित्र ‘छक्का पन्जा ४’ र ‘२.० छड्के’को भिडन्त, टिकट बुकिङ खुला


1.2k
Shares

काठमाडौं । दुई नेपाली चलचित्र ‘छक्का पन्जा ४’ र ‘२.० छड्के’ आगामी शुक्रबारदेखि एकैसाथ प्रदर्शनमा आउने भएको छ ।

चलचित्र प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुकाबाट अग्रिम टिकट बुकिङ खुला गरेका छन् । सोही दिनबाट दुई नेपाली चलचित्र मात्रै नभएर हलिउड चलचित्र ‘क्रिड ३’ पनि प्रदर्शन हुनेछ । यसैबीच तीन वटा चलचित्रको लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

मल्टिप्लेक्सका अनुसार ‘छक्कापञ्जा ४’ले भन्दा ‘२.० छड्के’ ले कम शो पाएको छ । नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा ‘छक्का पन्जा ४’ ले ५६ शो पाएको छ भने ‘२.० छड्के’ले ३९ शो पाएको छ।साथै ‘क्रिड’ ३ ले ११ शो पाएको छ।

अन्य मल्टिप्लेक्स हलमा पनि ‘छड्के’ भन्दा छक्का पन्जा ४ ले बढी शो पाएको छ । हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

त्यस्तै, निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘२.० छड्के’ मा अनमोल केसी रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

छक्का पन्जा सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने चलचित्र हो भने अनमोलले अहिलेसम्म एक फ्लप चलचित्र दिएका छैनन्।