४ असार २०८२, बुधबार | Wed Jun 18 2025


लमही-घोराही-तुलसीपुर सडकखण्ड समयमै निर्माण नहुँदा २२ जनाले ज्यान गुमाए : सांसद गिरी


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले दाङस्थित लमही-घारोही-तुलसीपुर सडक खण्डको निर्माण कार्यमा ढिलाई भईरहेकोमा आपत्ति जनाउनुभएको छ ।

चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडक खण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उहाँको आक्रोश थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडक खण्डको निर्माण कार्य ढिलाई हुनुको कारणबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले ३० महिनामा सम्पन्न गर्ने सम्झौंतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य ३ पटक म्याद थप गर्दा पनि ९.९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भिर बन्नुपर्ने पनि बताउनुभयो ।

सांसद गिरीले सरकारले सांसदहरुले संसदको विशेष समय र शुन्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गर्नुभयो ।

सांसद गिरीले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि पटक–पटक आग्रह गर्नुभयो ।