Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


गोप्य तस्बिर खिचेकाे भन्दै रिसाइन आलिया


5k
Shares

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले मंगलबार राती इन्स्टाग्राम मार्फत आफ्नो गोप्य तस्बिर सार्वजनिक गर्ने व्यक्तिमाथि आक्रोश पोखेकी छिन् ।

आलियाले आफू कलाकार भएको कारणले मानिसहरुले आफ्नो गोपनियतामा हस्तक्षेप गर्दै आएको आरोप लगाएकी छिन् ।

आलियाको घर अगाडीको भवनबाट केही मानिसले उनी बैठक कोठामा बसेको तस्बिर गोप्य रुपले खिचेर समाजिक सञ्जालमा सार्वजनिक गरेका थिए , जसलाई देखेर आलिया आक्रोशित बनेकी हुन् ।

आलियाले आफ्नो इन्स्टाग्रामा सोही तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘के तपाई मसँग मजाक गर्दै हुनुहुन्छ, म मेरो घरमा बसेर समय विताइरहेको थिएँ। म मेरो बैठक कोठामा बसिरहेको थिएँ जब, मैले मलाई कसैले हेरिरहेको महसुस गरे। मैले मेरो छिमेकीको भवनबाट दुई जना मानिसहरूलाई तस्बिर क्लिक गरिरहेको देखें। यस्तो गर्नु के ठीक हो ?’

आलियाले थप लेखेकी छिन्, ‘के कसैलाई यो सजिलै गर्न अनुमति मिल्छ, यो कसैको गोपनियता हनन होइन, तपाईंले सँधै मर्यादाको रेखा पार गर्न सक्नुहुन्न।’

यससँगै आलियाले मुम्बई प्रहरीलाई मद्दतको लागि सो पोष्ट ट्याग पनि गरेकी छिन् । आलियाको यो पोष्ट हेरेपछि उनकी बहिनी शाहिन भट्ट, अर्जुन कपूर, अनुष्का शर्मा, करण जोहर, स्वरा भास्कर र जाह्नवी कपुर लगायत धेरै कलाकारहरुले मिडिया र अनुमति बिना तस्बिर लिने मानिसहरुप्रति आक्रोश पोखेका छन् ।