Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


राष्ट्रपति बन्नेबारे सोचेको छैन : माधवकुमार नेपाल


273
Shares

काठमाडौं । मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयंले आफू राष्ट्रपति बन्नेबारे नसोचेको बताउनुभएको छ ।

उहाँले दाङ पुगेर मिडियामा आएका सबै कुरा सत्य नहुने टिप्पणी गर्दै भन्नुभयो– ‘मैले नै आफू के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन ।’

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवारको रूपमा प्रस्ताव गरेको भन्ने विषयमा नेपालले भन्नुभयो– ‘प्रेसमा आएका कुराहरू सबै सत्य नै हुन्छन् भन्ने छैन । विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौं, अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । पर्दाभित्र नै रहन दिनुपर्छ, पर्दाभित्र नै रहोस् ।’

नेपालले राष्ट्रपतिका लागि चाहना राख्ने बेग्लै कुरा भएको तर शक्ति बाँडफाँटमा आफ्ना पार्टीको भूमिका हुनुपर्ने धारणा राख्दै भन्नुभयो– ‘हामी अरूका निम्ति मात्रै सधैं बलिदान हुने, अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’ उहाँले राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेस र माओवादी केन्द्रसँग आफूहरूको कुराकानी भएको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।