
काठमाडौं, भदौ १४ । मेक्सिकोमा एक टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ ।
मेक्सिकोको कानकुन सहरमा ‘क्यानल टेन’ नामक टेलिभिजन क्यामेरामान र संवाददाताकारुपमा कार्यरत् एनरिकको बुधबार सडकमा हिँड्दैगर्दा गोली हानी हत्या गरिएको हो ।
एनरिकसँगै अर्का एकजना व्यक्तिको पनि हत्या गरिएको जनाइएको छ ।
राजनीतिक विषयमा अन्तर्वार्तासमेत लिने गरेका उनको प्रतिशोधका कारण हत्या गरिएको अनुमान गरिएको छ ।
मेक्सिकोमा सन् २०१८ मामात्रै ८ जना पत्रकारको हत्या भइसकेको छ । गत दुई महिनामा हत्या गरिएका एनरिक दोस्रो पत्रकार हुन् । उनको हत्याको जिम्मेवारी कसैले लिएको छैन ।
यद्यपि, मेक्सिको सरकारले भने हत्या उनको पेसासँग जोडिएको हुन नसक्ने जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्